Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्ताङमा  युरेनियम, नुन र पेट्रोल रहेको सरकारी टोलीले दाबी

Khani News

मुस्ताङ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङका प्राकृतिक खानीमा युरेनियम, नुन र पेट्रोल रहेको सरकारी टोलीले दाबी गरेको छ ।टोलीले हालसम्म सरकारी तथा गैरसरकारी तवरबाट भएका अनुसन्धान ठिक भएको पुष्टि गर्दे फेला परेका खनिजजन्य पदार्थलाई उत्खनन र उपयोगका बिषयमा सरकारलाई पूर्ण विवरण सहितको सुझाव पेस गर्ने तयारी थालेको छ ।

बुधबार राजधानी फर्कनु अघि दुई दिनसम्म उपल्लो मुस्ताङ पुगेर उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित आएको खानी तथा भूगर्भ विभागको टोलीले यहाँ खानीजन्य क्षेत्रको अध्ययन गरि स्थानीय र प्रशासनिक ब्यक्तिसँग राय संकलन गरेको थियो ।

उपल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम, मुक्तिनाथ मन्दिर नजिकै पेट्रोल र झुसाङ गाविसको तेताङमा नुनका खानी रहेको टोलीले जनाएको छ । ‘युरेनियमको अध्ययन गर्न थप विशेषज्ञ टोली मन्त्रालयले छिट्टै पठाउनेछ,’ खानी क्षेत्रको भ्रमण सकेर बुधबार राजधानी फर्कनु अघि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले कान्तिपुरसँग कुरा गर्दे भने, ‘युरेनियम महंगो धातु हो, यसको प्रयोग र उत्खननमा विदेशी सहयोग आवश्यक पर्छ ।’ थप अध्ययन र उपयोगका बारेमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उत्खननको काम शुरु गर्ने उनले बताए ।

खानी तथा भूगर्भ विभागका निर्देशक राजन पौडेलले स्थानीयसँगको कुराकानीमा मुस्ताङमा युरेनियम, नुन र पेट्रोल भएको कुनै दुईमत नरहेको बताए । कसरी उपयोग गर्नेबारे छलफल सुरु गरिएको उनले बताए । # फाइल फोटो

http://bit.ly/293UbwF

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्