Logo
२३ श्रावण २०७९, सोमबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव तस्कर पछिल्लो समय चेली छाडेर मिर्गौला व्यापारमा !

mirgaulaझापा । कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। नागरिक दैनिकमा समाचार छ।

विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ।

तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्।

महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरु मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए।

कमजोर आर्थिक अवस्थाका महिला पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन्।

माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरुले मिर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुने दलालहरुले आश्वस्त पारेका हुन्छन्।

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्