Logo
६ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक गायक सागर गुरुङको चिनो रुमाल कस्तो छ त ? ( भिडियो सहित)

gurung

भिम  श्रेष्ठ , काठमाडौ । २०५० सालतिर जनबादी गीत गाएर  बस्ती बस्ती  पुगेका सागर गुरुङ कुनै समय गोरखा जिल्लाको पाचखुवा देउरालीका बन जङ्गल , उकाली ओराली अनि भञ्ज्याङ् चौतारीसंग आफ्नो सुमधुर आवाज साटासाट गर्थे।

गाई बस्तु चराउन जादा कोइलीको कुहु कुहु संग दोहोरी खेल्ने उनै सागरले भर्खरै मात्र ‘चिनो रुमाल’ सालैजो झ्याउरे बजारमा ल्याएका छ्न।

”चिनो रुमाल हातैले बुनेको, छुट्ने बेला मायाले दिएको”  जस्ता शब्दले सर्जित सो गीतमा महिला गायिका शोभा कार्की ले सागर गुरुङलाइ साथ दिएकि छिन।

कहिले जनबादी गीत त कहिले कौडा त कहिले सालैजो र कहिले लोक दोहोरी गीत बजारमा ल्याएर दर्शक श्रोता माझ चिनिएका समुधुर स्वरका धनी सागर गुरुङको असिना झर्यो बोल को गीतले अधिक संगीतप्रेमिको मन जितेर बजार लिन सफल भएको थियो।

यो “चिनो रुमाल’ ले पनि राम्रो बजार लिनेमा स्यम गुरुङ ढुक्क छ्न।

निर्माना कला केन्द्रमार्फत बजारमा आयको सो गीतमा अभिनय मा सुरेश गुरुङ र इन्द्र घले घलेस्यो काशी ले साथ दिएका छ्न।

चिनो रुमालले कत्तिको मन जित्न सक्ला त्यो भने हेर्न बाकी नै छ। कामना गरौ यो गित सबैको ओठमा झुण्डिन सफल रहोस।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्