Logo
६ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानको नाम विदेश पठाई दिन्छु भन्दै लुट्ने विरुद्ध अख्तियारमा उजुरी

ak

काठमाडौं, न्यूज अप्रेशन, १४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान कार्कीको नाम लिदै आफ़ुहरुलाई  विदेश पठाई दिन्छु भनि लाखौं रकम खाइ दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ  ।

कंचनपुर जिल्ला महेन्द्रनगर भीमदत्त नगरपालिका घर भै हाल कामपा स्वयम्भु ठुलो भर्याङ्ग बस्ने सुदिप खत्रीले जे.आर. बताउने जगत क्षेत्री (जुठे राउत क्षेत्री) मार्फत  आफुहरुलाई दुबईस्थित एक फाइब स्टार होटेलमा काम मिलाई दिन्छु भनि करिब दुई बर्ष अघि प्रति व्यक्ति तीन लाखका दरले रकम लिएर हाल सम्म काममा नपठाएले  कि छिटो विदेश पठाई देऊ,  कि पैसा फिर्ता गर भन्दा आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको निकटको र  पहुचवाला व्यक्ति भएको कतै उजुर बाजुर गरे ज्यान  लिने धम्कि दिने गरेकोले दोषीमाथि कारबाही गरि रकम असुल उपर गरि पाऊ  भनि अख्तियार मा उजुरी परेको प्रमाण फेला परेको छ  ।

आफ्नो जिउधनको रक्षाको खातिर नाम गोप्य राखिदिन अनुरोध  गर्दै परेको उजुरीमा सुदिप खत्री र  जे।आर। बताउने जगत क्षेत्री (जुठे राउत क्षेत्री) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसग आफ्नो नजिकको सम्बन्ध भएकोले कहिँ कतै उजुर बाजुर गरे आजीवन जेलमा कोचिदिने धम्कि दिएको समेत उल्लेख गरिएको छ ।

श्रीमान प्रमुख आयुक्त ज्यू                                                                        
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
बिषय:दोषीमाथि कारबाही गरि रकम असुल उपर गरि पाऊ  ।

महोदय ,  उपरोक्त बिषयमा कंचनपुर जिल्ला महेन्द्रनगर भीमदत्त नगरपालिका घर भै हाल कामपा स्वयम्भु ठुलो भ९र्याङ्ग बस्ने सुदिप खत्रीले जे।आर। बताउने जगत क्षेत्री ९जुठे राउत क्षेत्री० मार्फत  हामीलाई दुबईस्थित एक फाइब स्टार होटेलमा काम मिलाई दिन्छु भनि करिब दुई बर्ष अघि प्रति व्यक्ति तीन लाखका दरले रकम लिएका थिए ।

तर  आज आज भोलि भोलि भन्दै निजले हालसम्म हामीलाई दुबई पठाएका छैनन् । अहिले उनलाई कि छिटो विदेश पठाई देऊ,  कि पैसा फिर्ता गर भन्दा आफु पहुचवाला व्यक्ति भएको कतै उजुर बाजुर गरे ज्यान  लिने धम्कि दिन थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख  र प्रहरी महानिरीक्षकलगायतका ब्यक्तिसग आफ्नो नजिकको सम्बन्ध भएकोले कहिँ कतै उजुर बाजुर गरे आजीवन जेलमा कोचिदिने धम्कि दिन्छन् ।

त्यसैले आफ्नो घर खेत बन्धकी राखी दुई पैसा कमाउन विदेश जान लागेका हामी युवकको बिचल्ली बनाउने सुदिप खत्रीलाई कानुन बमोजिम कारबाही गरि हाम्रो डुबेको रकम असुल उपर  गरिदिन श्रीमान् समक्ष यो निवेदन पेस गरेका छौं  ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्