Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन हुन्छ कि हुँदैन ?

pm-vote

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेअनुसार मंसिरमा निर्वाचन गराउन सक्षम रहेको प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको छ । तर, आवश्यक ऐन संसद्बाट भदौसम्ममा बनिसक्नुपर्ने कामु प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताएका छन् ।

निर्वाचन आयोगमा सोमबार भएको प्रधानमन्त्री ओलीसहितको टोलीसँगको छलफलमा कामु प्रमुख निर्वाचन आयुक्त डा यादवले नयाँ संविधानअनुसार समयमै ऐन–कानुन दिएमा निर्वाचन सम्भव रहेको बताएका हुन् । छलफलमा डा यादवले भने, ‘सफल र निष्पक्ष निर्वाचन गर्न आयोग सक्षम छ । तर, सरकारले आवश्यक कानुन बनाइदिनुपर्छ ।’

आगामी मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने भनिएको छ । सरकारले आवश्यक सुरक्षा व्यवस्था र ऐन उपलब्ध गराएमा निर्वाचन गर्न आयोग सक्षम रहेको आयोगकी आयुक्त इला शर्माले बताइन् । उनले भनिन्, ‘प्राविधिक र कानुनी सर्त पूरा भएपछि निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर निर्वाचन मिति र निर्वाचन कार्यतालिका घोषणा गर्नेछ ।’

सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गराउने कार्यतालिका बनाएको छ । तर, त्यही निर्वाचन गराउन आवश्यक ऐन भने मंसिर मसान्तभित्र बनाउने कार्यतालिका सरकारको छ । सरकारले ५ असारमा संसद्मा पेस गरेको कार्ययोजनामा ०७३ मंसिर मसान्तभित्र निर्वाचन आयोग ऐन, मतदाता नामावलीसम्बन्धी ऐन, निर्वाचनसम्बन्धी कसुर र सजाय ऐन बनाउने उल्लेख छ । तर, भदौभित्र यी ऐन नबने मंसिरमा निर्वाचन गर्न कठिन हुने आयोग अधिकारी बताउँछन् । मंसिरमा निर्वाचन गराउन आयोगलाई एक सय २० दिन आवश्यक पर्छ ।

तर, कुनै ऐनका मस्यौदा पनि पुगेनन् मन्त्रिपरिषदमा निर्वाचनसँग सम्बन्धित कुनै ऐनका मस्यौदा मन्त्रिपरिषद्मा पुगेका छैनन् । सरकारले कार्ययोजना सार्वजनिक गरेपछि आवश्यक कानुन निर्माणमा कानुन मन्त्रालयले समन्वय गरिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्