Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ उपाध्यक्ष हृदयशले दिए यस्तो चुनौती

hiryada
नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, घाईतेको उपचार र मधेष आन्दोलनका बन्दीहरुलाई विना सर्त रिहा नगरे कुनै पनि हालतमा संविधान कार्यान्वयन हुन नदिने चुनौती दिएका छन ।

उनले आफूहरुको माग पुरा नभएसम्म संविधान कार्यान्वयन नहुने दावी समेत गरे । तमलोपाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि तमलोपा नवलपरासी क्षेत्र नम्बर ६ ले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै त्रिपाठीले आफुहरु बार्ताको बिरोधी नभएको तर सरकार र सरकारका सहयोगी दल माथी बिस्वास नरहेको समेत बताए ।

तमलोपाको असार ६,७ र ८ गते नवलपरासीको सदरमुकाम परासीमा भएको प्रथम महाधिवेसनबाट निर्विरोध रुपमा निर्वाचित भएका पार्टिका बरिष्ठ उपाध्यक्ष ह्दयश त्रिपाठीलाई अभिनन्दन गरिएको हो ।

तमलोपाका क्षेत्र नं ६ का अध्यक्ष राम प्रित यादवको अध्यक्षता र पार्टिका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्