Logo
८ बैशाख २०८१, शनिबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्ताको नाममा गठबन्धनलाई तोड्ने यस्तो षड्यन्त्र !

कपिलवस्तु । वर्तमान सरकारले वार्ताको नाममा आन्दोलनरत सङ्घीय मधेसी गठबन्धनलाई तोड्ने षड्यन्त्र गरिरहेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।
सद्भावना पार्टीका नेता रामवरण यादव, नेपाल सद्भावना पार्टीका पूर्व सहमहामन्त्री बृजगोपाल गुप्तालगायतका विभिन्न पार्टी परित्याग गरी करिब २०० कार्यकर्ताहरुलाई आफना पार्टी भित्राउदै यादवले भने हाम्रै केहि मधेशी नेताहरु धोखेदार बन्दै छन ।
फोरम नेपाल कपिलवस्तु जिल्ला समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता यादवले आफूहरुलाई वार्ताका लागि कुनै औपचारिक जानकारी नआएको समेत बताए ।
पत्रपत्रिकामा छापिएको कुराले हामी सरकारसँग वार्तामा जाने होइन, नेता यादवले भने, ‘वार्ताका लागि त औपचारिक पत्र आउनु पर्यो नि १ प्रधानमन्त्रीको दोहोरो कुरा आएको छ, कसैलाई वार्ता भन्ने । कसैलाई सर्वदलीय बैठक भन्ने, यो के हो ? हामीले बुझ्न सकेका छैनौ ।’

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्