Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बरफ जमेको अन्टार्कटिकामा रहेको एक झरनामा पानीको रंग सँधै रगत जस्तै रातो

bloodfall

एजेन्सी, अन्टार्कटिका । अन्टार्कटिका जहाँ सधै बरफ जमेको हुन्छ । तर, त्यहाँ रहेको एक झरनामा भने पानीको रंग सँधै रगत जस्तो रातो हुन्छ । अंर्टार्कटिकाको मैक मरडोस्थित टायलेर ग्लेशियरमा यस्तो झरना छ, जहाँ बग्ने पानीको रंग रगत जस्तै हुन्छ ।

यो झरनाको नाम यही कारण ‘ब्लडफल’ राखिएको छ । यही ब्लडफल हेर्नका लागि प्रर्यटक पनि जान्छन् । यहाँ कोही आत्माको बासस्थान छ भन्ने विश्वास गरिएको छ, जसले मानिसलाई मार्छ र यही कारण पानीको रंग रातो हुन्छ ।

यो ग्लेशियरको खोज १९११ मा अमेरिकाका जीव वैज्ञानिक ग्रिफिथ टायलरले गरेका थिए । यो ब्लडफल पाँच तले घर जति अग्लो छ । तर, जीव वैज्ञानिकहरु भने यसलाई कुनै आत्माको कारणभन्दा पनि आइरन अक्साइडका कारण यस्तो भएको बताउँछन् ।

उनीहरुका अनुसार अनुसार ग्लेशियरमा दरार परेका कारण पानी विस्तारै विस्तारै बग्न थाल्यो र आयरन अक्साइड हावाको सम्पर्कमा आएर रातो रंग बन्यो । यहीकारण पानी रगत जस्तो देखिएको हो । उनीहरुले त्यहाँको पानीमा १७ प्रकारका सूक्ष्म जीव फेला पारेका थिए ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्