Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागू औषधसहित चार जना पक्राउ

pakraus

बाँके । सुर्खेत बिरेन्द्रनगर नगरपालिका–६ बस्ने २९ वर्षीय विकास गौतमलाई मुख भित्र लुकाईछिपाई ल्याएको २ ग्राम ब्राउन सुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जमुनाहास्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा भारतको रुपैडियाबाट नेपालगंजतर्फ मोटरसाइकलमा आउँदै गरेका गौतम र काभ्रे श्रमथली–२ बस्ने २४ वर्षीय जिवन तामाङलाई उक्त लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी बारा बरौलिया–८ घर भई हल्वदारपुरमा डेरा गरी बस्ने २६ वर्षीय बाबु भन्ने सालाददिन खाँलाई लागूऔषध ब्राउन सुगर करीब २ ग्रामसहित आइतबार प्रहरीले पक्राउ छ ।

खाँले भारतको रुपैडियाबाट चलाई ल्याएको भे.१ स १०२९ नम्बरको रिक्सा चेकजाँच गर्ने क्रममा रिक्साको छत भित्र उक्त लागूऔषध फेला परेको हो ।
साथै नेपालगंज उपमाहानगरपालिका–२ बस्ने २० वर्षीय असरद पुरेसीलाई २ ग्राम ब्राउन सुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भारत रुपैडियाबाट नेपालगंजतर्फ आउने क्रममा पुरेसीको साथमा उक्त लागूऔषध प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्