५ घण्टा लगाएर आशिष चौधरीको पोलिग्राफ जाँच
नवलपरासी । मनिषा मृत्युको कारण पत्ता लगाउन क्रियाशील प्रहरीले उनका प्रेमी भनिएका आशिष चौधरीको पोलिग्राफ जाँच गरेको छ ।
इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको जाँच गरेको हो ।
जाँचका लागि पोखराबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली नवलपरासी आएको थियो ।
शान्त र एकान्त ठाउँमा पोलिग्राफ टेस्ट गर्नुपर्ने भन्दै चौधरीलाई सुनवल लगिएको थियो । पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन ।
उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ ।