Logo
८ बैशाख २०८१, शनिबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सत्ताका कुरा : प्रधानमन्त्री कड्किए पछि प्रचण्ड थचक्कै !

काठमाडौ । माओवादी केन्द्रले आफ्नो नेतृत्वमा बजेट पारित भएपछि सरकार बन्ने दावी गरिरहेको बेला प्रधानमन्त्री केपी ओलीले भने आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्ने दावी गरेका छन् । सहमतिको सरकार मेरै नेतृत्वमा भन्दै  प्रधानमन्त्री ओली कड्किएको जानकारी  पाए  पछि प्रचण्ड छक्क परेका छन् । अझ भन्ने हो भने प्रधानमन्त्री कड्किए पछि प्रचण्ड थचक्कै परेका छन् ।
उनले सहमतिको सरकार बन्ने भए आफ्नै नेतृत्वमा बन्ने अरुको नेतृत्वमा बन्न नसक्ने भन्दै आफू नेतृत्वको सरकारको विकल्प नभएको स्पष्ट पारे । राप्रपा नेपालको २७ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारको विकल्प नभएको भन्दै विश्वास नभए संविधान राम्रोसँग पढन सञ्चारकर्मीलाई सुझाव दिए ।
उनले संविधानमा अर्को सरकार बन्ने कुनै ब्यवस्था नभएको तर्फ संकेत गरे । उनले आफू नेतृत्वको सरकारले नै स्थानीय, प्रान्तीय र संघीय निर्वाचन गर्ने दावी गर्दै सञ्चारकर्मीहरुलाई चुनाव गराएको समाचार लेख्न तयार भएर बस्न सुझाव दिए । ओलीले आफूलाई कमजोर नसोच्न सचेत पार्दै आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्ने र चुनाव पनि गर्ने भन्दै अरु कसैको नेतृत्वमा सरकार बन्नै नसक्ने ठोकुवा समेत गरे ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्