Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम नेता शाह र भारतीय गृहमन्त्री सिंह बीच मधेश आन्दोलनबारे छलफल !


नयाँ दिल्ली । संघीय समाजबादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप शाह र भारतीय गृहमन्त्री राजनाथ सिंह बीच मग्लवार नयादिल्लीमा भेटवार्ता भएको छ । भेटमा मधेश आन्दोलन र नेपाल-भारत समबन्धका बिषयमा बिशेष कुराकानी गरिएको छ । 
सांसद शाहले मधेशी, दलित, आदिवासी, जनजाती सम्मिलित संघीय गठवन्धनले १५ दिनसम्म काठमांडौ केन्द्रित आन्दोलन गर्दा पनि नेपाल सरकारले नसुनेको जानकारी गृहमन्त्री सिंहलाई जानकारी गराएका थिए  । बिगत केही समय देखी चिसिएको नेपाल भारत समबन्धको कारण उत्पन्न परिष्ठितिले कसैको भलो नहुने र यसले निकै नकारात्मक प्रभाव परेको भन्दै सांसद शाहले समबन्ध सुधार्न निर्णायक पहल हुनुपर्ने बताएका थिए ।
त्यसतै, सांसद शाहले गुलरिया बोर्डरमा उचित ब्यवस्थापन नभएको कारण जनताले सास्ती भोग्नुपरेकोले बोर्डर खुलाईदिन र उचित ब्यवस्थापन गराईदिनु हुन गृहमन्त्री सिंहलाई आग्रह गरेका छन । जबाफमा गृहमन्त्री सिंहले नेपालमा बर्षौ देखी बिभेदमा रहेका मधेशीले अधिकार नपाएसम्म नेपालमा शान्ति, स्थायित्व र विकास नहुने बताएका छन् । 
उनले भारतले नेपाललाई एक असल छिमेकीको रुपमा मानेको र नेपालमा शान्ति, स्थायित्व र विकासको लागि सहयोग गर्न हमेशा तयार रहेको पनि बताए । भारतले कहिल्यै पनि नेपालमा हस्तक्षेप नगरेको दाबी गर्दै हामीले सल्लाह सुझाव मात्रै दिने गरेको गृहमन्त्री सिंहले बताएका थिए । नेपाल भारत समबन्ध छिट्टै सुध्रिने बिश्वास ब्यक्त गर्दै सिंहले गुलरिया बोर्डरमा छिट्टै सुरक्षा ब्यवस्थाको प्रवर्द्धन हुने र बोर्डर नियमित रुपमा खुल्ने बताए ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्