Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओरालो लाग्दै छन कुनैबेलाका ‘बादशाह’ शाहरुख खान

एजेन्सी । केहि बर्षयता बलिउडमा एकछत्र राज गरेका खान हिरोहरुलाई पछिल्लो समय केहि झड्का लागेको खबर छ । 
तीन खान मध्यका बादशाह शाहरुख खानको पछिल्ला दुई फिल्मले लगातार ओरालो लाग्दो ब्यापार गरेपछि बलिउड क्षेत्रमा यस्तो बिश्लेषण चलेको हो ।
शाहरुखको हाल प्रदर्शनमा रहेको फिल्म ‘फ्यान’को ब्यापारलाई पनि कमजोर मानिएको छ । यसअघि रिलिज उनको फिल्म ‘दिलवाले’ले पनि नाफा जोड्न सकेन् ।

जसबाट रेगुलर सुपरहिट फिल्म दिइरहेको बादशाह खानको हिट यात्रा ओरालो लागेको भज्ज सकिन्छ  । ‘दिलवाले’ असफल फिल्म भएको शाहरुख स्वयमले स्वीकारेका थिए ।

तर उनलाई ‘फ्यान’ पनि असफल हुनेछ भन्ने लागेको थिएन । यसपटक पनि उनको स्टारडम चलेन । स्टारडम रिलिजको ७ दिन बितिसक्दा पनि फिल्मले सय करोड पारको ब्यापार गर्न सकेन ।

जबकि खानहरुको हरेक फिल्मले २ या ३ दिनमै सय करोड पार गर्ने गथ्र्यो । दर्शकले बिस्तारै खान हिरोहरुलाई इग्नोर गर्न थालेको केहि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्