Logo
१६ बैशाख २०८२, मंगलबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ फिटको विशाल जंगली सर्प हेर्दा भकाभक बेहोस !

सर्लाही । करीब ९ फिटको विशाल जंगली नाग सर्प हेर्न सर्लाहीको गौरीशंकर गाविसको बाँके चोकका दिनहुँ हजारौंको भीड लाग्ने गरेको छ ।

पूर्व—पश्चिम रागमार्गमा पर्ने बाँके चोकस्थित जिल्ला वन कार्यालय सर्लाहीको वन रक्षक बस्ने क्वार्टरमा १८ दिनअघि विशाल नाग सर्प पसेको कालिन्जोर–६ का स्थानीय टलकबहादुर मगरले बताए । 

नाग सर्प देखेपछि स्थानीयहरु भगवानको रुप भन्दै दुध, लाबा र भेटी चढाउन थालेका लालबन्दी–५ का शंकर खतिवडा बताउँछन् । उनी भन्छन, ‘हामीले हेर्दा अजिंगर जस्तो लाग्छ ।’ पाँच दिनको अवधिमा २१ हजार भेटी जम्मा भएको छ ।

दिनहुँ ४—५ हजार भन्दाबढी मानिसहरु सर्प हेर्न आउने गरेका छन् । धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्परा अनुसार दुध र लाबा चढाएर मानिसहरुले पूजा गरिरहेका छन् । 

सर्पमा हुनुपर्ने गुण नागले देखाएन
विशाल सर्पलाई मानिसहरुले नजिकै गएर हातले स्पर्श गरेर कतिपयले दर्शन गर्ने गरेका छन् । सर्पले कुनै प्रतिक्रिया देखाउँदैन् । सर्पमा हुनुपर्ने गुण नाग सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्नेहरु मानिसहरु तीन छक्क पर्ने गरेका महोत्तरीको लक्ष्मीनियाँ–९ का रामचन्द्र महतोले बताए ।

उनी भन्छन, ‘सर्प भएको भए मानिसहरुलाई आक्रमण गर्थे । सर्पलाई गाडीले ठक्कर दिएको हुनसक्छ । बेहोसको सर्पले आफ्नो साहारा घरलाई बनाएको होला ’ । 

हेर्न जानेहरुमध्ये केहीले त्यहाँ पुग्दा हा हु गर्छन
नाग सर्पको दर्शन गर्न पुग्नेहरुमध्ये कतिपयले देवी देवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन् । हा हु गरेर कराउनेहरु जीउ तंग्राउने, बेहेस हुने गरेका छन् । 
उनीहरुलाई उठाएर सर्प भएको कोठामा राखिदिदाँ केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्दछ ।

मानिसहरुले त्यहा मन्दिर बनाउन जुटेका छन् । २४ घण्टा सवारी साधन गुड्ने राजमार्गमा हर्नेको ठूलै भिड लाग्ने गरेको छ । घरमा बसेका नाग सर्प एक महिनाअघि पूर्वबाट काठमाडौं हिँडेका अग्नी बसमा महोत्तरीको लक्ष्मिनियाँ पनि थिए ।

बीच सडकमा सर्परहेको सवारी चालकले देखेपछि सर्प बसको स्टेरिङ्गमा गएर बेरिएर बसेको थियो । पछि लठ्ठिले घोगी–घोगी सर्पलाई बसबाट झारीएको सर्लाहीका टलक बहादुर मगरले बताए । 

त्यसको १७ —१८ दिन बाटो काट्ने क्रममा बाँके चोकमा स्थानीय युवा सवार मोटरसाइकलले ठक्कर दिएको मगर बताउँछन् । फेरी अर्को दिन गाडीमा सर्प पसेपछि मगरले बोराम सर्पलाई पसाएर जंगलमा छाडिदिएका थिए ।

तर सर्प पछि वन रक्षक बस्ने कोठामा गएर बस्यो । अहिले त्यही छन् । घरी–घरी बाहिर निस्किने गर्छ । फेरी भित्र पस्ने गर्छ ।  स्थानीयहरुका अनुसार, सर्प सवारीको ठक्करबाट घाइते भएको हुन सक्छन् ।

केही दिन अघि गाडीबाट निकाल्ने क्रममा सर्पको टाउकोमा चोठ देखिएको सुरक्षामा त्यहाँ खटिएका प्रहरी हबलदार मुकेश कुमार कर्मीले बताए । 

नत्र सर्प नै हो भने सर्पले आफ्नो हर्कत देखाउने थियो होला । सर्पको सहि उपचार गरेर जंगलमा छाडिनुपर्ने स्थानीयहरुको भनाई छ । पत्रकार राजकरण महतोको सहयोगमा 

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्