Logo
११ बैशाख २०८१, मंगलबार
(May 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षमा गच्छदारको मात्र तर अन्य पदका लागि डेढ सयभन्दा बढीको उम्मेद्वारी


बिराटनगर । पार्टीको नाम परिवर्तन गर्ने तयारीमा रहेका मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बिजयकुमार गच्छदारको मात्र मनोनयन दर्ता गराएका छन । फोरम लोकतान्त्रिकका मुख्य सचिव परमानन्द मेहताका अनुसार तर अरु सदस्यका लागि भने बुधबार साँझबाट मतदान सुरु हुने भएको छ ।
बिराटनगरमा जारी माहाधिवेशनमा संशोधित बिधानअनुसार ४४ जना सदस्य र एकजना राष्ट्रिय अध्यक्षका लागि मतदान हुने भएकामा अब सदस्यका लागि मात्र मतदान हुनेछ ।
अध्यक्षका लागि गच्छदारको मात्र दरखास्त परेको मेहताले बताए । एकमात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन् । प्रक्रिया पूरा गरी घोषणा गर्ने समितिले जनाएको छ । मेहताका अनुसार समानुपातिक र खुला सदस्यतर्फ गरी १ सय ५० जनाभन्दा बढीको आवेदन परेको छ ।
प्रस्तावित बिधानमा केन्द्रिय समितिमा ३७ सदस्य र एकजना अध्यक्ष निर्वाचित हुने प्रावधान राखिएकामा महाधिवेशनको बन्द सत्रमा छलफलपछि सदस्यको संख्या बढाएर ४४ जना पुर्यातइएको प्रसार समिति संयोजक सुबोध पोखरेलले बताए ।
निर्वाचित हुने सदस्य संख्याको आधा आरक्षित कोटामा छ । जसअनुसार महिला २, खस आर्य २, मुस्लिम २, मधेसी ४, पहाडी –हिमाली जनजातिबाट २, तराईको जनजातिबाट २, पहाडरहिमालका दलित २, मधेसका दलित २, पिछडा बर्गबाट २ र कर्णालीबाट १ सदस्य छुट्याइएको छ । बाँकी २२ सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिनेबाट निर्वाचित हुने पोखरेलले बताए । अरु ५४ जना सदस्य निर्वाचित अध्यक्षले प्रस्ताव गर्ने अनि केन्द्रिय समितिले पारित गर्नुपर्ने प्रावधान बिधानमा छ । केन्द्रिय समितिले पारित गरेपछि ती मनोनीत हुनेछन् ।

प्रकाशित मिति: May 4, 2016

प्रतिक्रिया दिनुहोस्