Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ए ! यसकारण पो, कनकमणिलाई जोगाउन कस्सिए पूर्व राष्ट्रपति यादव ?

काठमाडौँ । सर्वोच्चबाट रिहा भएपनि भ्रष्टाचारीको मुद्दा लागेका कनकमणि दिक्षितलाई भेटन पूर्व राष्ट्रपति डा। रामवरण यादव वीर अस्पताल पुगेपछि उनको चर्को आलोचना सुरु भएको छ ।

संवैधानिक निकायले गरेको छानबिन तथा तहकिकातमा दबाव दिने र दिक्षितको कालो धन्दालाई सक्कली बनाउन डा। यादव सहभागी भएको भन्दै उनको आलोचना भएको हो । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

अख्तियारले दिक्षितको नाममा अवैध रुपमा थुपारिएको १३ अर्ब बराबरको सम्पत्ति विदेशमा रहेको भन्दै सार्वजनिक गरेको र सोही सन्दर्भमा नियन्त्रणमा लिएर छानबिन गरिरहेको अवस्थामा भारतीय तथा यूरोपेली यूनियन आवद्ध देशका कुटनीतिक अधिकारीले दिक्षितलाई भेटेर सान्त्वना दिन र अख्तियारको कदम गलत सावित गराउन पनि एकपटक भेट गरिदिनुप¥यो भन्दै आग्रह आएपछि डा। यादव दिक्षितलाई भेटन अस्पताल गएको बुझिन्छ ।

त्यसो त कटवाल प्रकरणमा सबैभन्दा राम्रोसँग सहयोग गर्ने र भित्रैदेखिको सल्लाहदिनेमा दिक्षित नै थिए डा यादवका । आफ्ना अनन्य मित्र एवम् सहयोगी वीर अस्पतालमा त्यो पनि अख्तियारको हिरासतमा नै बस्नु डा यादवका लागि सह्य कुरा भने थिएन ।

नागरिक सर्वोच्चतालाई रड्डीको टोकरीमा मिल्काएर देश र जनतालाई बन्धक बनाउन र निर्वाचित सरकारले गरेको निर्णय असफल बनाउने कलंकको टिका त डा यादवलाई लागेकै छ । नेपालीमा एउटा उखान छ, चोरलाई चौतारी फटाहालाई पार्टी । दिक्षित त्यही प्रवृत्तिका मान्छे हुन् ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्