Logo
१२ बैशाख २०८१, बुधबार
(May 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो आउदैछ २०७३/७४ को बजेट

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७३/७४को बजेटले एक दसकको खाकासहित बजेटका प्राथमिकता तथा आर्थिक विकासको योजना पेश गर्ने जानकारी संसदलाई दिएका छन् ।
उनले विहीबार संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।  

आगामी बजेट निजीक्षेत्र मैत्री, सहभागितामुलक र समाजवाद उन्मुख आर्थिक विकासको सैद्धान्तिक आधारमा निर्माण गर्ने जानकारी पनि अर्थमन्त्रीले दिएका छन् । सरकारको नीति तथा कार्यक्रम पनि यही आधारमा तय हुनेछ । 
बजेटमार्फत कार्यान्वयन गर्ने योजनालाई संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा घोषणा गरिन्छ । आगामी आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । उद्योगहरुको दर्ता, खारेजी, दायित्व फरफारकका चरणलााई सरल, स्पष्ट र पारदर्शी बनाउने अर्थमन्त्रीले जनाएका छन् । 
सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अधिकतम परिचालन गर्ने पनि बजेटको सिद्धान्तमा उल्लेख छ । यो त्रिपक्षीय समन्वयबाट आर्थिक विकासमा योगदान पुर्याउने गरी बजेट तयार गर्ने जानकारी अर्थमन्त्रीले संसदलाई दिएका छन् । 
ठूला जलविद्युत तथा सडक आयोजना, प्रशारण लाईन, गरिब लक्षित कार्यक्रमहरु, भूकम्प प्रभावित क्षेत्रमा वित्तीय उत्प्रेरणाका कार्यक्रम, व्यवसायिक शिक्षा र सीप विकासका कार्यक्रम बजेटमा घोषणा हुनेछन् । ठूला सहर र व्यवसायिक सरकारी भवन निर्माणको घोषणा पनि बजेटमार्फत हुनेछ । 
 
आधुनिक पूर्वाधारयुक्त, सुचना प्रविधिमैत्री, उच्च शिक्षा र अत्याधुनिक स्वास्थ्य सुविधा सहितको ‘स्मार्ट सहर’ निर्माण गर्ने घोषणा बजेटमार्फत हुनेछ । बहुउद्देश्यीय र सरकारी ठूला भवनहरुको निर्माण सुरु गर्ने कार्यक्रम बजेटमा समावेश हुनेछ ।

प्रकाशित मिति: May 6, 2016

प्रतिक्रिया दिनुहोस्