Logo
१५ चैत्र २०८०, बिहीबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफना नेता समेत रहेका राजदूत फिर्ता बोलाएकोमा कांग्रेसको कडा आपत्ति

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रिय नेता समेत रहसिकेका भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कडा आपत्ति जनाएको छ। 

नेपाली काग्रेसले विपक्षीसँगको रिसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप कांग्रेसको रहेको छ । सांसद प्रकाशशरण महतले काग्रेसको तर्फबाट यस्तो कडा आपत्ती जनाएका हुन । 
शनिबार बिहान संसद बैठकमा उनले भने ‘सत्ता गठबन्धनले राजदूतमाथि सरकार ढाल्न योजना बनाएको लगायतका आरोप लगाएको छ । यही सरकारको प्रमुख घटक एमाओवादीले विज्ञप्ति जारी गरेको छ। उपप्रधानमन्त्री बहाल रहेका विजय गच्छदारले तीन महिनमा सरकार ढल्छ भनेका छन्। के प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका छन्’ ।
‘भारतस्थित राजदुतले भनेर नै प्रचण्डजीले सरकारको समर्थन फिर्ता लिन खोजेको हो ? के त्यस्तो हुनसकिन्छ महतले सोधे ‘सक्नुहुन्छ भने हामीसँग सवाल जवाफ गर्नू । तर दुईपक्षीय सम्बन्धमा समस्या आउने कुटनीतिक रुपमा अप्ठेरो र अपरिपक्व काम गरेको छ यो सरकारले।’
सरकारले बिभिन्न गम्भीर आरोपहरु लगाउँदै भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्