Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खहरे खोलाले स्करपीयो जीप बगाउँदा एकै परिवारका तीनको मृत्यु

प्युठान । प्युठानमा खहरे खोलाले स्करपीयो जीप  बगाउँदा एकै परवारका तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा दाङ तुलसीपुर १९ उरहरीका ५५ वर्षीय सुकदेव खनाल, उनका १९ वर्षीया छोरी विमला खनाल र १३ वर्षीया छोरी अस्मिता खनाल रहेको प्युठानका जिल्ला प्रहरी प्रमुख रन्जितसिंह राठौरले जानकारी दिए।
स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्कने क्रममा शनिवार दिउँसो ४ बजेतिर बा १४ च ३८३९ नम्बरको स्कोरपीयो जीप भिंग्री–१ स्थित खहरे खोलाले बगाएर ३० मिटर तल खोल्सामा झरेको थियो।
दुर्घटनामा परी कमला खनाल, कौशिला खनाल, बसन्ता खनाल, शारदा खनाल र दुवा खनाल रहेका छन्। घाइते पाँचै जनालार्इ उपचारका लागि बाँकेको कोहलपुर पठाइएको राठौरले बताए।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा प्युठानमा राखिएको छ ।  फाइल फोटो

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्