Logo
१२ बैशाख २०८१, बुधबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले घर भाडा तिरे पनि पूर्वराष्ट्रपति यादव अझै चिन्तामा

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलस्थित घरको भाडा, खानेपानी र विद्युतको महसुल तिरिदिने भएको छ ।
मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवलाई सरकार आफैंले खोजेर राखिदिएको घरको भाडा, खानेपानी तथा विद्युतको महसुल तिरिदिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ मै राष्ट्रपति कार्यालयले निवर्तमान राष्ट्रपति यादवलाई मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा बखुन्डोलमा एउटा घर लिई सरकारका तर्फबाट बस्ने व्यवस्था मिलाइदिएको थियो ।

तर, सरकारले लामो समयसम्म भाडा, खानेपानी तथा विद्युतको महसुल नदिएपछि घरबेटीले यादवलाई आफ्नो घरबाट हटाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित निवेदनसमेत दिएका थिए ।

मन्त्रिपरिषदले कात्तिक महिनादेखि नै लागू हुने गरी यादव बसेको घरको भाडा र महसुल तिरिदिने निर्णय गरेको स्रोतले जानकारी दियो ।

तर घर भाडा तिरे पनि पूर्वराष्ट्रपति यादव भने चिन्तामा छन् । हाइटेन्सन मुनीको घर भएकाले  पूर्वराष्ट्रपति यादव चिन्तामा परेका हुन् । अहिले सम्म सरकारले केहि नगरेन उनको गुनासो छ । स्मरणरहोस् सरकारले लिएको उप्त बिल्डिङ्को नक्सा पास समेत छैन् ।

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्