Logo
१२ बैशाख २०८१, बुधबार
(May 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा आचार्य

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दी हिमालयन टाइम्सका खेलकुद सम्पादक महेश आचार्य निर्विरोध निर्वाचित भएका छन्।

मञ्चको शनिवार काठमाडौंमा भएको १२ औँ साधारण सभाले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्बिरोध निर्वाचित भएका आचार्य मञ्चका पूर्वमहासचिव हुन्।

यस्तै मञ्चको बरिष्ठ उपाध्यक्षमा नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्विरोध निर्वाचित भए। दुई उपाध्यक्षमा भने सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो ।

निर्वाचनबाट एनटीभी प्लसका सञ्जिव शिल्पकार र नयाँ पत्रिका दैनिकका श्रीलोचन राजोपाध्याय निर्वाचित भए। 

उपाध्यक्षका लागि उम्मेदवारी दिएकी एकमात्र महिला उम्मेदवार एभिन्यूज टेलिभिजनकी सरिता श्रेष्ठ शिल्पकार र राजोपाध्यायसँग पराजित भइन्।

मञ्चको महासचिवमा नागरिक दैनिकका प्रकाश तिमिल्सिना निर्विरोध निर्वाचित भए। यस्तै सचिवमा कान्तिपुर दैनिकका राजु घिसिङ र कोषाध्यक्षमा रिपब्लिका दैनिकका प्रज्वल वली निर्विरोध निर्वाचित भएको खेल पत्रकार पवन आचार्यले जानकारी दिए।

यसैगरी सदस्यहरुमा नागरिक दैनिकका कमल खत्री, दी राइजिङ नेपालका अन्जन खड्का, काठमाडौं पोष्टका आदर्श ढकाल र अन्नपूर्ण पोस्टका गोविन्द रेग्मी निर्विरोध निर्वाचन भएका छन्।

मञ्चले आफ्नो १२ औँ साधारण सभाको अवसरमा बरिष्ठ पत्रकार गोपाल बस्नेतलाई नेपाल खेलकुद पत्रकार मञ्च पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको छ। 

प्रकाशित मिति: May 7, 2016

प्रतिक्रिया दिनुहोस्