Logo
८ बैशाख २०८१, शनिबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएसपी खनालले आज पनि मच्चाए तहल्का, ताहाचलका वैदेशिक रोजगार विभागमा प्रहरीको छापा

काठमाण्डौ ।  महानगरीय अपराध महाशाखाले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा छापा मारेको छ। वैदेशिक रोजगार जादाँ लगायने स्टीकरका नाममा लुट गर्ने क्रम नरोकीए पछि छापा मारिएको एसएसपी सर्वेन्द्र खनालले बताए। प्रहरीले वैदेशिक रोजगारविभाग ताहाचलबाट विभिन्न कागजातहरू नियन्त्रणमा लिएको छ।

रि इन्ट्री वैदेशिक रोजगार स्टीकर टाँस दिएपछि विमानस्थल अध्यागनमले पनि एक पटक विदेश गइसकेको रहेछ भनेर छोड्ने परिपाटी बसेकाले छापा मारिएको हो । त्यस्तै प्रहरीले गौशालामा रहेको इन्टरनेसनल ट्रेड लिंक म्यानपावर कम्पनीमा पनि छापा मारेको छ।

 त्यसै गरि  हिमालयन रेड पाण्डा ट्राभल एण्ड टुर, एयरपोर्टमा रहेको किंङस् अकवर टुर एण्ड ट्राभल र सिटी टुर एण्ड ट्राभलमा समेत छापा मारेको छ । म्यानपावर ब्यावसायी फणिन्द्र तामाङ र अमृत ढकाललाई  पनि नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्