म्याग्दीमा जिप दुर्घटना, पाँचको मृत्यु, पाँच जना घाइते
काठमाडौं । म्याग्दीमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अर्का पाँच जना घाइते भएका छन् ।
दरजाङबाट निस्कोट जाँदै गरेको ग १ ज ५१०६ नम्बरको जिप जिल्लाको निस्कोट-४ उलिवाङमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालकसहित पाँच जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिँदैछ ।