Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत उपाध्यायालाई बल्ल सरकारले पठायो पत्र, १५ दिनभित्र फर्कन निर्देशन

काठमाडौं  । पछिल्लो केहि दिनदेखि निकै चर्चाको शिखरमा रहेका भारत स्थित नेपाली राजदूतलाई सरकारले बल्ल पत्र पठाएको छ । सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई  फिर्ता आउन औपचारिक पत्र पठाएको हो।
‘उपाध्यायलाई फिर्ता आउन आइतबार औपचारिक पत्र पठाइएको हो । बिदाई भेटहरु सकेर उहाँ चाँडै फर्किनुहुन्छ होला’ परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले भने ।
परराष्ट्र सचिव शंकर दास बैरागीले टेलिफोनमार्पmत् गत शुक्रबार राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय रहेको जानकारी गराएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ  ।
सरकार ढाल्न सक्रिय भूमिका खेलेको भन्दै मन्त्रिपरिषद्ले गत शुक्रबार राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । शेर बहादुर देउवा कांग्रेस सभापतिमा निर्वाचित भएयता राजदूत उपाध्याय कंग्रेसकै प्रतिनिधीझैँ गरी काम गर्न थालेको तथा ओली नेतृत्वको वर्तमान सरकार ढाल्न भूमिका खेलेको आरोपमा राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो ।
राजदूत उपाध्यायलाई परराष्ट्र मन्त्रालयको समन्वय बिना आफ्नो कार्यक्षेत्र छाडेको समेत आरोप लागेको छ । सरकारको जानकारी बेगर नेपालस्थित भारतीय राजदूत रञ्जित रेसँग मिलेर तराईमा भएका कार्यक्रमहरुमा सहभागी भएको आरोप पनि लागेको थियो ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्