Logo
६ बैशाख २०८१, बिहीबार
(May 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतोले भने -बल प्रयोग भए आन्दोलनको स्वरुप फेरी परिवर्तन हुन्छ !

जनकपुरधाम । अवको आन्दोलनमा राज्य पक्षबाट बल प्रयोग भए आन्दोलनको स्वरुप होइन आन्दोलनकारीको रुप परिवर्तन हुने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन् ।
धनुषाको तारापट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले यसअघिको आन्दोलनमा सरकारले बल प्रयोग गर्दा अन्तर्राष्ट्रिय रुपमा सरकारको बदनामी भएको बताउँदै अव बल प्रयोग भए आफुहरुले आन्दोलनको स्वरुप परिवर्तन नगरी आन्दोलनकारी कै रुप परिवर्तन हुन सक्ने बताए ।
महतोले राज्य जती तयारी र अवरोध गरेपनि जेष्ठ दुई गते सिंहदरवार घेराउ गर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै महतोले जेष्ठ २ गते सरकारले बल प्रयोग गरे परिणाम ठिक नहुने र आन्दोलन अर्कै रुप लिने समेत चेतावनी दिए ।
देशमा बराबरको हक र अधिकार नदिएकै कारण वर्तमान अवस्थाको सिर्जना भएको भन्दै उनदे नेपाली नेपालीको बिचमा भएको विभेद नै समस्याको जड रहेको बताए ।
उनले एकलाख तीन हजार सेनामा मधेशी युवाको सहभागिता नभएसम्म लडाई जारी रहने बताए । मधेशी जनताले मधेश प्रदेश माग्दा जानीजानी मधेशको भुमि पहाडमा मिसाएर वर्तमान खस बाहुल्य राज्य सत्ता मधेशी उपर दमन गर्ने योजना तहत संविधान बनाएको उनको कथन थियो ।
तारापट्टी बजारमै आयोजित समारोहका बिच स्थानिय समाजसेवी स्व. गंगाप्रसाद साहका छोरा डा.चन्द्र किशोर साह सदभावना पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरि दलित जनजाती पार्टीका नेता एवंम संविधानसभाको चुनावमा उम्मेदवार समेत रहेका दिलिप मण्डल, शिक्षक अशेश्वर इश्वर, डा. संजय चौधरी समेत सदभावनामा प्रवेश गरेका छन् ।
त्यसै गरि सिमा यादवको नेतृत्वमा सपहीका करिव एकसय महिला सहित सैयांैंलाई महतोले पार्टी प्रवेश गराएका छन् । पार्टीका क्षेत्रीय अध्यक्ष बैजनाथ साहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य लाल किशोर साह, विभा ठाकुर, धनुषा अध्यक्ष संजय सिंह, रमन सिंह, सुशिल मधेसी सहितकाले आ–आफ्नो धारणा राखेका थिए भने इन्द्रकान्त झाले स्वागत मन्तब्य राखेका थिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनलाई निस्तेज पार्न सरकारले वार्ताको नौटंकी गरेको दाबी गरेका छन् । महतोले आन्दोलन हुनै लाग्दा वार्ताको पत्र काट्नुको औचित्य नरहेको टिप्पणी गरे । चैत्र र वैशाखमा आन्दोलन स्थगित रहँदा वार्ताप्रति कुनै चासो नलिएको सरकारले जेठ २ गतेदेखि अर्को चरणको आन्दोलनको अन्तिम तयारी गरिरहँदा वार्ताको पत्र पठाउनु सरकारको वार्ताप्रतिको इमान्दारितामा अध्यक्ष महतोले सबाल गरे ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक दलहरुबीच कुनै प्रकारको विवाद छैन् दाबी गर्दै सद्भावना अध्यक्ष महतोले समान्य मतभेद सम्बन्धमा मोर्चाभित्र बहस भइरहेको जानकारी गराए ।

प्रकाशित मिति: May 10, 2016

प्रतिक्रिया दिनुहोस्