Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलश्रोतको धनी देश नेपालमै पानीको हाहाकार ‘कमसे कम पानी त देउ सरकार’


महोतरी । दिनानुदिन बढ्दै गरेको प्रचण्ड गर्मी र चर्को घामका कारण भौगोलिक रुपले विकट रहेको महोत्तरीको भरतपुर गाविसमा खा

नेपानीको हाहाकार मच्चिएको छ ।

सो गाविसमा खानेपानीको स्रोतका रुपमा रहेको इनारको पानी ७०÷८० फिट तल गइसकेको तथा अधिकांश इनार सुकिसकेकाले केही दिनदेखि त्यहाँ पानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासीका अनुसार त्यस गाउँमा करिब ५० वटा इनार रहेकामा २० जति इनार पूर्णरुपेण सुकिसकेका छन् भने बाँकी रहेकामा पानी पाताल पुगिसकेकाले एक गाग्री पानी तान्न पनि निक्कै समस्या हुने गरेको स्थानीयवासी रामबाबु महतोले बताए । 
गर्मीयाम लाग्नासाथ पानीका सबै स्रोत सुकेर चरम अभाव भएपछि सो गाविसका बासिन्दाले खाना पकाउने र पिउने पानी जसोतसो जोरजाम गरेका छन् भने नुहाउने, लुगाधुने, वस्तुभाउलाई खुवाउने जस्ता कार्य सातामा एकआध पटक मात्रै गर्ने गरेको स्थानीयवासी देवनारायण महतोले बताए । 
दिनानुदिन बढ्दै गरेको गर्मीका कारण महोत्तरीको भरतपुरलगायत उत्तरवर्ती रामनगर, किसाननगर, बिजलपुरा, हातिलेट, लक्ष्मिनियाँ, बेलगाछी, पशुपतिनगर र बर्दिबास तथा गौशाला नगरपालिकामा पनि दर्जनौँ इनार सुकिसकेर त्यस क्षेत्रका लाखौँ जनतालाई खानेपानीको समस्या भएको छ ।
बर्से्नि खानेपानीको समस्या उत्पन्न हुने यस क्षेत्रमा सरकार तथा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयवासीको गुनासो रहेको छ । पत्रकार सुदिप झाको सहयोगमा,  #फाइल तस्विर

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्