अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अध्यक्षमा शशांक मनोहर चयन
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को पहिलो स्वतन्त्र अध्यक्षमा भारतका शशांक मनोहर निर्विरोध निर्वाचित भएका छन् ।
उनले तत्काल लागू हुने गरी दुई वर्षसम्म कार्यकाल सम्हाल्नेछन् ।
मनोहरले दुई दिन अगाडि मात्रै भारतीय क्रिकेट बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए ।
कुनै देशको क्रिकेट बोर्ड प्रमुख आइसीसीको अध्यक्षमा उठ्न नपाउने भएकाले उनले राजीनामा दिएका हुन् । आइसीसीमा उठ्नका लागि नै उनले राजीनामा दिएको पुष्टी भएको छ ।
निर्वाचन प्रक्रियाअनुसार आइसीसीका निर्देशकहरु प्रत्यकले एक उम्मेदवार मनोनित गर्न पाउछन् । सम्भावित उम्मेदवार आइसीसीको या बहालबाला अथवा पूर्व निर्देशक हुनुपर्ने व्यवस्था छ ।
आउँदो २३ मेमा उम्मेदवारहरुबीच चुनाव हुने कार्यक्रम थियो । तर, मनोहर पहिल्यै सर्वसम्मत भए । भारतका प्रख्यात कानून व्यवसायी मनोहरले बिसीसीआइको अध्यक्षका रुपमा दुई कार्यकाल बिताएका थिए ।
पहिलोपटक सन २००८ देखि २०११ सम्म र दोस्रोपटक २०१५ को अक्टोबरदेखि २०१६ कोे मे सम्मको थियो ।३ #एजेन्सी