Logo
६ बैशाख २०८१, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोकोमा ढुंगा बोक्दै धुर्मुस–सुन्तली एकीकृत बस्ती निर्माणमा

काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।
भूकम्पगएको एक वर्ष पुगेकै दिनशिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको कामउनीहरुले आजबाट सुरु गरेका हुन् । 
वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँसम्ममानयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथकाम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्यकलाकार सिताराम कट्टेलले बताएका छन् ।
यस अघि काभ्रेमानिर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएकाथिए । 
सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । ‘लडेको बस्ती उडाउने अभियानको नेतृत्वमात्र गरेका भन्दै उनले सहयोगी हातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्न हुने विस्वास व्यक्त गरे ।
पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागिसिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनिउत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।
आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चाबोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटीसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई मायागर्ने दाताहरु समक्षउनीहरुले सहयोगको अपिल गरेका छन् । #तस्विर: धुर्मुस सुन्तली फाउण्डेशन

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्