Logo
१५ चैत्र २०८०, बिहीबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता साझेदार एमाओवादीले नै भन्यो ‘राजदूत फिर्ताको निर्णय गलत’

न्यूज अप्रेशन, काठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको भारत भ्रमण रद्ध गर्ने र राजदूत फिर्ताको निर्णयप्रति असहमति जनाएको छ ।
माओवादीले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अन्तिम समयमा रद्ध गर्नु र सोहि दिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्नु उपयुक्त नभएको ठहर गरेको छ ।
आफनै निवासमा एमाओवादी उपाध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हात्तीवनस्थित केहि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘यो सरकारको सुझबुझपूर्ण निर्णय होइन, ठीक कुरा ठीक ढंगले गर्नुपर्छ । यदि यो निर्णय गर्नु नै थियो भने केहि दिन पछि गर्न सकिन्थ्यो ।’
ओली नेतृत्वको सरकार ढाल्न भारतले प्रयास गरेको र त्यसैको कुटनीतिक जवाफअनुसार सरकारले राष्ट्रपतिको भ्रमण रद्ध गर्दै राजदूत फिर्ताको निर्णय लिएको बताइएको छ ।
एमाओवादी उपाध्यक्ष श्रेष्ठले भारत र चीन दुई छिमेकी मुलुकसँग समान कुटनीतिक सम्बन्ध बनाउनुपर्ने उनले बताए । तर, नेपालको अहित हुने गतिविधिको विरोध गर्नुपर्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्