Logo
७ बैशाख २०८१, शुक्रबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद ल्हरक्याल परे निलम्बनमा

काठमाडौं । व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ । एमाओवादीका सांसद  समेत रहेका लामा पटक पटक विवादमा परे पछि निलम्बनमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथि लागेको मुद्दाको किनारा नभएसम्म सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुरुप उनी निलम्बनमा परेको बताएकी थिइन् ।

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्