Logo
१३ बैशाख २०८१, बिहीबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले फेरि दिए ओलीलाई चुनौती

काठमाडौं  । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच तत्काल पार्टी एकता हुने भएमा तत्काल सरकारबाट बाहिरिने बताउनुभएको छ । आज मात्रै प्रचण्ड फेरि सरकार  छाड्ने चेतावनी दिनु भएको हो ।
दुई माओवादी एकता हुने हो भने सरकार छोड्नु मेरा लागि कुनै ठूलो कुरा होइन, केही समयअघि झन्डै छाडेको थिएँ, सरकार छोड्नु कुनै आइतबारको कुरा होइनु उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकता हुनका लागि सरकार बाधक हुने भए आफैंले तत्काल सरकार छोड्न तयार रहेको तर तर मुद्दा सरकारको होइन विचारको भएको बताउनुभयो । यस्तो कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिनु भएको छ । 

पाँच दलीय संयुक्त समितिले आयोजना गरेको अन्तक्रियामा उहाँले माओवादीको एकता जरुरी भएको र त्यसका लागि आफू सदा तयार छु भन्नुभयो ।
अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको विपरीत युद्धकालीन मुद्दालाई उठाइन्छ र अदालतको नियमित प्रक्रियाभित्र लगिन्छ भने सबैभन्दा पहिला आफूलाई जेल हाल्न चुनौती दिनुभयो ।
दशवर्षे युद्धपछि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता र सम्झौता गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भएको भन्दै उहाँले भन्नुभयो– “विस्तृत शान्ति सम्झौता गर्दा हुनुभएका गिरिजाको ठाउँमा अहिले शेरबहादुर देउवा हुनुहुन्छ, अदालतले न्याय गर्ने हो भने शेरबहादुर देउवा र प्रचण्डलाई जेल हाल्नुपर्‍यो ।”     
उहाँले शान्ति सम्झौता पालना नगरी अरुलाई मुद्दा लगाउने, जेल हाल्ने भयानक षड्यन्त्र र प्रहार भएको र त्यो कार्य रोकिनुपर्नेमा जोड दिनुभयो ।          

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्