Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्का–चर्का नारा सहित राजेन्द्र र उपेन्द्रको नेतृत्वमा तोडियो सुरक्षा घेरा

काठमाण्डौ । मधेशी मोर्चा आवद्ध संघीय गठवन्धनले आइतबार चौतर्फी दिशाबाट सिंहदरबार घेराउ गरेको छ ।  सिंहदरबार वरपरको निषेधित क्षेत्रलाइ तोडेर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

शिंहदरवारको दक्षिणी गेट घेराउ गर्ने जिम्मेवारी लिएका राजेन्द्र महतोले हनुमानथानस्थित भाटभटेनीअगाडिबाट सुरक्षा घेरा तोडदै धर्ना बसेका छन ।

महतो नेतृत्वको समुहले पुलमा लगाइएको निशेधित क्षेत्रलाई तोडदै हनुमानस्थानमा गई धर्ना दिन सफल भएका हुन । सो धर्नामा शरदसिंह, लक्ष्मणलाल कर्ण, महेन्द्र यादव लगायतका नेताहरु सहभागी रहेका छन धर्नामा बसेका उनीहरु सरकार विरुद्ध चार्का नारावाजी गरिरहेका छन ।

धर्नामा बसेकाहरुले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइरहेका छन् । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित घेरेर बसेका छन । 

उता, माइतीघरमा अर्को ठूलो समुहको नेतृत्व सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन उक्त समुहले पनि प्रहरीको सुरक्षा घेरा तोडी अगाडी बढन सफल भएका छन । त्यहाँ पनि सयौको संख्यामा रहेका प्रदर्शनकारीहरुले धर्ना दिइरहेका छन् । उनीहरुले पनि ओली सरकारविरुद्ध चर्का–चर्का नरालगाइरहेका छन । 

संविधान जारि भए देखिनै आन्दोलन गरिरहेका मधेश केन्द्रीत दलले अहिले आएर जनजाति राजनितिक दलहरुसंग मिलेर आज २ जेष्ठमा सिंह दरबार घेराउ कार्यक्रम राखेको हो। केही ठाउँमा भलडप र गाडिमा ढुङ्गा मुडा गरेपनि अहिले सम्म अप्रिय घटना घटेको छैन ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्