Logo
८ बैशाख २०८१, शनिबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी–जनजातीको आन्दोलन रोक्न दुई एसपीको कमाण्डमा २६ सय प्रहरी तैनाथ

उमेशराज मेहता, काठमाडौं । मधेशी र जनजाती दलहरुको समुह सघिय गठबन्धको आन्दोलनलाई नियन्त्रणमा लिन २ एसपी सहित २६ सय भन्दा बढि प्रहरी काठमाण्डौमा तेनाथ गरिएको छ । आइतबार बिहानै सिंहदरबार घेर्न पुगेका संघीय गठबन्धनका नेता कार्यकर्ता सरकारविरुद्ध चर्का नारावाजी गरिरहेका छन् ।
गठबन्धनले हनुनमानस्थान र माईतिघर मण्डाला गरी दुई दिशाबाट सिंहदरवार घेराउ गर्ने निति लिए पनि आन्दोलनकारीहरुको उक्त योजना सफल हुन सकेको छैन । हन्मानथान स्थित राजेनद्र महतो नेतृको समुहले धार्न दिइरहेका छन भने माइतिघर मण्डाला स्थित उपेन्द्र यादवले धर्ना दिइृ रहेका छन । 
नेपाल प्रहरी हेडक्वाटरका अनुसार सिंहदरबार आसपास २६ सय भन्दा बढी प्रहरी फिल्डमा उत्रिएका छन् । गठबन्धनले आयोजना गरेको सिंहदरबार घेराउका क्रममा अप्रिय घटना हुन नदिन जनपथ प्रहरीका एसपी प्रधुम्न कार्कि र शसस्त्र प्रहरीका एसपी कालिदास धौभजुको कमाण्डमा २६ सय भन्दा बढी प्रहरी परिचालन गरिएको हो । 
शसस्त्र प्रहरीका डिआईजी दिवाकर केसीले फिल्डमा रहेका कमाण्डरसँग समन्वय गर्नेगरी पाँच सय ५६ जना शशस्त्र प्रहरी फिल्डमा पठाईएको शसस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिए ।
खनालका अनुसार शसस्त्रले पाँच सय भन्दा बढी प्रहरी रिजर्व राखेको छ भने जनपथ प्रहरीले महानगरीय प्रहरी परिसरका एसएसपी विक्रम सिंह थापाले समन्वय गर्नेगरी एसपी प्रधुम्न कार्किको कमाण्डमा दुई हजार भन्दा धेरै प्रहरी फिल्डमा खटाएको छ ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्