Logo
१५ चैत्र २०८०, बिहीबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी–जनजातीको पर्दशनलाई अन्तर्राष्ट्रिय निगरानी

काठमाडौं । मधेशी–जनजातीको सयुंक्त मोर्चा सङ्घीय गठबन्धनले आइतबारदेखि थालेको सिँहदरबार घेराउलाई अन्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले निगरानी गरिरहेको छ । 
सुरक्षाकर्मीबाट अनुचित र अत्याधिक बल प्रयोगको अवस्था र आन्दोलनकारीबाट कानूनको उल्लंघन हुने स्थितिलाई अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरु आन्दोलनरत क्षेत्रमा खटिएका हुन । 
मधेश आन्दोलनमा भएको अत्याधिक सरकारी दमन र त्यसपछि सरकारको अन्तर्राष्ट्रिय तहमै चर्को आलोचना भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारकर्मीहरुले नेपालमा भइरहेको उत्पीडनविरुद्धको आन्दोलनलाई अत्यन्त सजगता र गम्भीरतापूर्वक निगरानी बढायएको बतायउको छ । 
सरकारले ज्यादती गर्न नपाउने संवैधानिक सुनिश्चतता र लोकतान्त्रिक अभ्यास रहँदैआएको सन्दर्भमा आन्दोलनलाई अधिकारकर्मीहरुले नजिकबाट ध्यानपूर्वक हेरिरहेको अधिकारकर्मी एवं अधिवक्ता दिपेन्द्र झाले बताए ।
आन्दोलन विश्वसमुदायकै चासोको विषय बनेपछि नेपालस्थित अन्तर्राष्ट्रिय कुटनीतिक नियोगहरुले पनि सिँहदरबार घेरावलाई विशेष चासोका साथ निगरानी गरिरहेको उनले बताए । 

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्