Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनर्निर्माण प्राधिकरणले ७ गतेदेखि स्वयंसेवक खटाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा सहयोग गर्न १५ दिन समय तोकेर जेठ ७ गतेदेखि स्वयंसेवक परिचालन गर्ने भएको छ । 
स्वयंसेवकले आफ्नो खर्चको व्यवस्था आफै गर्नुपर्ने छ भने अनुदान रकम वितरणसम्बन्धी सम्झौताहरुमा सहजिकरणका लागि सम्बन्धित गाविस, नगरपालिका वा जिल्लाकै बासिन्दा मात्र स्वयंसेवक बन्न पाउने शर्त प्राधिकरणले तोकेको छ। 
अस्थायी आवास निर्माण तथा निजी आवास अनुदान वितरण सम्बन्धी कार्यमा स्थानीय स्वयंसेवक परिचालन सम्बन्धी निर्देशिका जारी गर्दै प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म स्वयंसेवक परिचालन गर्ने जनाएको छ।
वर्षायाम सुरु भइसक्दा पनि जनशक्ति अभावमा पुनर्निर्माण प्रभावकारी नभएको भन्दै प्राधिकरणले स्‍वयंसेवक परिचालनको अवधारणा ल्याएको थियो। 
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दल र संघसंस्थाले स्वयंसेवक परिचालन गर्ने बताएका थिए। प्राधिकरणले स्वयंसेवक परिचालनलाई व्यवस्थित बनाउनका लागि स्वयंसेवकले गर्न पाउने काम र मापदण्ड पनि निर्धारण गरेको छ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्