Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित एसएसपी सर्वेन्द्रले पाए चर्को सम्मान

काठमाडौं । महानगरीय अपराध महाशाखाकाएसएसपी सर्वेन्द्रले पाए शिखर व्यक्तित्वको सम्मान पाएका छन् ।

सामाजिक संस्था शिखर नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले खनाललाई सो पुरस्कारबाट सम्मान गरेको हो ।

समाज परिवर्तन र अपराध रोकथामका लागि खनालले खेलेको भूमिकाको कार्यक्रममा प्रशंसा गरिएको थियो।

महानगरीय अपराध महाशाखाको प्रमुख भएर आएपछि खनालले गुन्डाका नाइके कुमार घैंटलाई इन्काउन्टर गरेका थिए भने, फुटवल फिक्सिङ प्रकरणमा राष्ट्रिय फुटवल टिमका कप्तानसहितलाई नियन्त्रणमा लिएर उनले मुद्दा चलाएर निकै चर्चा पाएका थिए ।

 ठगी गर्ने पेट्रोल पम्पहरुमा छापा मारेका थिए। त्यसै गरि नक्कली इन्जिनियर ,म्यानपावर र कन्सल्ट्यान्सीहरुमा पनि छापा मारेर अनियमितता गर्नेहरुलाई पक्राउ गरेका थिए ।

बडिखेल हत्याकाण्डका अभियुक्त र युनिटी काण्डका नाइकेलाई पनि उनले पक्राउ गरेर प्रहरीको सक्रियता देखाएका थिए । 
त्यस्तै कार्यक्रममा मकवानपुर जिल्लाकी एसपी मीरा चौधरी सम्मानित भएकी छिन् ।  कार्यक्रममा पूर्व मन्त्री लालबाबु पण्डित र मन्त्री प्रेमबहादुर सिंहलाई पनि सम्मान भएका थिए।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्