Logo
७ बैशाख २०८१, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिरोइनलाई स्वागत सेना गएको भन्दै जंगी अड्डालाई सोध्यो स्पष्टिकरण


काठमाडौं । भारतिय कलाकार (हिरोइन) लाई स्वागत सेना गएको भन्दै जंगी अड्डालाई स्पष्टिकरण सोधिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले भारतीय हिरोइनलाई सेनाका जर्नेलले विमानस्थलमा स्वागत गरेको विषयलाई आफूले गम्भीरताका साथ लिएको बताएका हुन।

यस विषयमा जंगी अड्डालाई लिखित स्पष्टिकरण सोधिएको उनले जानकारी दिएका छन । ‘हामीले जंगी अड्डालाई स्पष्टिकरण सोधेका छौं, उनले भने त्यसको जवाफ हेरेर थप निर्णय लिन्छौं,’ । उनले हिरोइनलाई स्वागत गर्न सेनाका उच्चपदस्थ व्यक्ति विमानस्थलमा पुग्नु सैन्य मर्यादा अनुकुल नरहेको प्रष्ट पारे ।

भुकम्पपिडितका लागि गरिएको च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय हिराइन सोनाक्षी सिन्हालाई नेपाली सेनाका जर्नेलले स्वागत गर्न पुगेको विषयको जनस्तरमै आलोचना भइरहेको छ । यता, नेपाली सेनाले भने हिरोइनको स्वागतमा गएको विषयलाई प्रतिरक्षा गरेको छ । सैनिक प्रवक्ता तारावहादुर कार्कीले सेनाका जर्नेल शाही त्यहिँ कार्यरत भएको बताए ।
‘सेनाका जर्नेल कसैलाई स्वागत गर्नकै निम्ति त्यहाँ जानुभएको होइन, उनले भने आफ्नो कार्यक्षेत्रभित्र परेको अवस्थामा सेनाको पाहुना भनेर स्वागत गर्नुभएको हो,। श्रोत : अनलाइनखबर 

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्