Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँघु पत्रिकाले मधेशी-जनजाती आन्दोलनलाई भने साम्प्रदायिक विखण्डनको खतरनाक खेल

काठमाडौं । साघु साप्ताहिकले पित पत्रकारिता गरेर मधेशी जनजाती आन्दोलनलाई नयाँ संविधान भत्काउने, देशमा साम्प्रदायिक विखण्डन बढाउने र हिंसाको राजनीति चर्काउने उद्देश्यसहित काठमाडौं केन्द्रीत आन्दोलन सुरु भएको लेखेका छन । 
नेकपा एमालेका एक जना कार्यकर्ता समपादक रहेको उक्त पत्रिकाले मधेसी र आदिवासी जनजाती समुदायलाई मिसाएर जातीय आन्दोलन चर्काउने घोषित रणनीति अनुसार सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन मुलतः सम्प्रादायिक केन्द्रित रहेको दावी गरेका छन । 
पत्रिकाले लेखेका छन उपत्यकाको यातायात व्यवस्थापन अस्तव्यस्त पार्न भने आन्दोलन सफल रह्यो । उपत्यका केन्द्रीत र जातीय गन्ध मिश्रित आन्दोलन सुरु भइसक्यो, तर सत्तासीननहरुको अकर्मण्यता जारी छ ।
संविधान कार्यान्वयन र जनतालाई सुशासन दिन असफल भएको सरकार संविधान जोगाउन पनि असफल हुने त होइन भन्ने आशंका गर्न थालिएको छ ।
किनभने अबको एक सय छब्बिस दिन ९२०७३ हसोज २ गते० पछि वर्तमान संविधानलाई मृतप्राय बनाउने कसरत सुरु भएको छ ।
१२६ दिनपछि वर्तमान संविधानलाई भीरको चीण्डोको हालतमा पुर्याउन सकिने केही संवैधानिक आधारहरु समेत रहेको छ । आजको साँघु साप्तााहिकमा खबर छ ।
एक सय छब्बिस दिनपछि यो संविधान एक वर्षको हुनेछ । एक वर्षभित्रमा पुनरावेदन अदालतहरु विघटन गरेर प्रादेशिक उच्च अदालतहरु गठन गर्नुपर्नेछ । 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्