Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको राष्ट्रपतिकै पति हत्याकाण्डको घटनाको रहस्य !

मदन भण्डारी मृत्युको २३ वर्ष :
२३ वर्षअघि आजकै दिन। 
अर्थात् ३ जेठ, २०५०।

समय अपराह्न साढे पाँच बजे।
सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिँदै थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ त्यसमा सवार थिए। 
पृथ्वी राजमार्ग छाडेर जिप मुग्लिङ हुँदै भरतपुरतिर लाग्यो। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल नदीमा खस्यो। 
………
माधव नेपाल कुपन्डोलको डेरामा थिए। (हजुर, डेरामा। २३ वर्षअघि अहिलेको जस्तो घर थिएन उनको) लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए।
सुन्ने बित्तिकै केन्द्रीय कार्यालय बागबजारतिर लागे उनी (हजुर, त्यतिबेला बल्खु भवन बनिसकेको थिएन। केन्द्रीय कार्यालय बागबजारमा थियो) वामदेव गौतमसहित पार्टीका साथीहरुसँग उनी दासढुंगातिर लागे गाडी लिएर। उनीहरु पुग्दा रातको ११ बजेको थियो। मान्छेको ठूलो भीड सास रोकिएको अवस्थामा थियो।
त्यो रात यत्तिकै रह्यो। गाडी भोलिपल्ट भेटियो, जीवराजको लाश गाडीमै थियो। मदनको भने कुनै पत्तो थिएन। तीन दिनपछि बल्ल गुन्जनगरमा उनको लाश भेटियो। गाडीका चालक अमर लामा भने जिउँदै थिए। 
फोटो स् नरेश श्रेष्ठ
लगत्तै ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो। जनधनको क्षति भयो, ठूलो दबाब दिइयो। तर, कांग्रेसको सरकारले सुनुवाइ गरेन।
सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो। तर अनिल आयोगको प्रतिवेदन स्वीकारेन एमालेले। जनस्तरबाट गठन गरिएको भनिएको पद्यरत्‍न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै ठहर गर्‍यो। पार्टीको तर्फबाट गठन गरिएको आयोगको प्रतिवेदनले पनि त्यस्तै भन्छ। यो आयोगको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी ओलीले गरेका थिए। 
एमालेको निरन्तर दबाबपछि सरकारले सर्वोच्चका बहालवाला न्यायाधीशको अध्यक्षतामा अर्को एउटा आयोग पनि गठन गर्‌यो राणा आयोग।
एमाले त्यसपछि भएको मध्यावधि चुनावपछि नौ महिनासम्म सरकारमा पनि बस्यो। तर यो घटनाको छानबिनतिर सिन्को भाँचेन। सेतो सारी लगाएर राजनीतिमा उत्रिएर चुनाव जितेकी मदन भण्डारी पत्नी विद्या भण्डारी अहिले राष्ट्रपति छिन्। घटनामा षड्यन्त्र देख्ने प्रतिवेदन तयार पार्ने ओली अहिले प्रधानमन्त्री छन्। देशका प्रमुख दुई पदमा प्रमुख दुई पात्र भएपनि ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाएका एमालेका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई किन अहिलेसम्म छानबिन नगरेको भनेर सोध्ने हिम्मत गर्न सक्दैनन्।  
घटनाका एक मात्र जीवित साक्षी चालक अमर लामाको पनि २०६० साउनमा कीर्तिपुरमा गोली हानी रहस्यमय हत्या भयो। यो हत्या कसले र किन गर्‌यो, १३ वर्षसम्म पनि पत्ता लाग्न सकेको छैन।

अनुत्तरित प्रश्न 
श्यामबहादुर तामाङले दुई नेताको पोस्टमार्टम गर्ने बेला शरीर चिरेका थिए। उनीसँगको कुराकानीमा आधारित एउटा सामाग्री नेपाल साप्ताहिकले केही अघि छापेको थियो। त्यसमा तामाङले भनेका छन् -“उनको शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो रु मैले अहिलेसम्म बुझ्न सकेको छैन।”
एमाले पंक्तिले षड्यन्त्रका रूपमा व्याख्या गर्दै छानबिनको माग उठाइरहेको थियो। त्यसैले, चिकित्सकहरूले दुवै नेताको शरीरका केही अंगका टुक्रा निकालेर राख्ने निर्णय गरेका थिए। ताकि, तिनको जाँच गरेर नेताद्वयको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक भन्ने कुराको अनुसन्धान गर्न सकियोस्। श्यामले आवश्यक अंगहरू निकाल्ने निर्देशन चिकित्सकहरूबाट पाए। त्यसैले निर्देशनबमोजिम दुवै नेताको मुटुको सानो टुक्रा, दुवै मिर्गौलाको आधा-आधा भाग, आधा किलो जति कलेजो, गिदी र रगत शरीरबाट सिरिन्ज ९सुई०बाट निकाले।
सिरिन्जबाट नेताद्वयका अंगका यी टुक्रा ९भिसेरा०हरू निकालेपछि चिरिएका भाग सिलाउने काम भयो। यो काम पनि उनैले गरे। शव र निकालेका अंगहरूको मुचुल्का तयार पारियो। निकालिएका शरीरका अंगका टुक्राहरू परीक्षणका लागि अस्पतालमै राखियो। सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वोच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भएको थियो। त्यस आयोगले भिसेरा परीक्षणका लागि बेलायत पठायो। तर, नेताद्वयको शरीरमा कुनै पनि शंकास्पद रसायन भेटिएन। 
मृत शरीरबाट भिसेराका रूपमा निकालिने अंगको मुचुल्का जुन रूपमा बनाइन्थ्यो, त्यही रूपमा भिसेरा अनुसन्धान गर्ने निकायमा पुग्थ्यो। लाहाछापसमेत लगाइएको त्यस मुचुल्कामा पोस्टमार्टममा खटिएका चिकित्सक, प्रहरी र श्यामसमेतले हस्ताक्षर गरेका थिए। श्यामका अनुसार जब राणा आयोगले अनुसन्धान अगाडि बढायो, भिसेरा मुचुल्कामा उल्लेख भए अनुसार सिरिन्जमा होइन, भाइल ९सिसाका बोतल०मा फेला परेछन्। उनको अनुमान के छ भने मुचुल्का बाँधेरै सिरिन्जमा पठाइएका शरीरका ती टुक्रा बिनामुचुल्का सिसाका बोतलमा भेटिएपछि आयोगभित्र हल्लीखल्ली भयो।
त्यसैले आयोगले भिसेराको अवस्थितिबारे बुझ्न श्यामलाई बोलायो। आयोगका पदाधिकारीहरूले दोहोर्‍याएर उनलाई ‘सिरिन्जमै राखेका थियौ रु’ भनेर सोधेछन्। सिरिन्जमै राखिएको र मुचुल्का पनि त्यही अनुसार बनाएर सबैले हस्ताक्षर गरेको जवाफ उनले दिएका थिए। यो जवाफपछि आयोगका पदाधिकारीहरू मुखामुख गरेर हिँडेछन्। मुचुल्का बाँधिएका नेताद्वयको शरीरका ती अंग रहस्यमय ढंगले सिरिन्जबाट सिसाका बोतलमा किन सारियो भन्ने विवाद सार्वजनिक भएन। ‘ साभार ; पहिलोपोष्ट

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्