Logo
१२ बैशाख २०८१, बुधबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस भित्र पौडेल समुह यसकारण गद्गद् !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पहिलो गासमा नै ढुंगा लागेको छ । पार्टी सभापति भएपछि वास्तुशास्त्र अनुसार पार्टी कार्यालय भत्काउन लगाएका देउवाले पार्टीभित्र पदाधिकारी नियुक्ति गर्न छोडेर सरकार परिवर्तन खेलमा लागे ।

यो खेलमा एमाओबादीका प्रचण्डले नराम्ररी धोका दिए पछि पार्टी भित्रको अर्को समुह रामचन्द्र पौडेल निकट नेताहरुले तालि पिटेका छन् ।  देउवालाई पहिलो खुडकिलामै ठुलो ठेस लाग्यो । देउवा राजनीतिक पाका भन्दा पनि कच्चा खेलाडी साबित भएको चर्चा चलेको छ । देउवा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्छन् ।

 आफ्नै नेतृत्वमा सरकार गठन हुने गेमप्लान असफल भएपछि देउवाले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न राजी भए । विमलेन्द्र निधी , कृष्णबहादुर महरा र अमरेशकुमार सिहंले सरकारमा को को मन्त्रीमा सहभागी हुने भनेर लिस्ट पनि तयार गरेका थिए । सिहंलाई राज्य मन्त्रीसम्म दिने पक्का पक्कीसम्म भएको थियो ।

 जुन लिस्ट प्रचण्ड र देउवालाई बुझाउने तयारी गरिएको थियो । उता प्रचण्डले देउवालाई तत्काल सरकार गठन गर्न नसकिने जवाफ दिएपछि देउवा छाँगाबाट खसेजस्तो भएका थिए ।

प्रचण्डले धोका दिएको भन्दै देउवा बाटो लाग्ने क्रममा प्रचण्डले सम्झाउँदै भनेका थिए–सुन्नुहोस त देउवाजी सहमतिको सरकार गठन नगरी हुँदैन केही महिनापछि सहमतिको सरकार गठन नगरी हुँदैन, अहिले केही समस्या मिलेन फेरि बसेर सहमति गरौं हैं ?

 देउवाले कुनै जवाफ नदिई झाँेकिएर बाटो लागेका थिए । पहिलो गाँसमा नै ढुंगा लागेपछि देउवाको असफलता देखेर रामचन्द्र पौडेल समुह भने यती बेला  गदगद् भएका छन् ।

 देउवाले दुई महिना वितिसक्दासमेत पार्टीको समीकरणलाई मिलाउन सकेका छैनन् । न त पार्टीलाई नै व्यवस्थित रुपमा चलाउने कुनै योजना नै अगाडि सारेका छन् । देउवा निकै उदेक लाग्ने गरी निवासमै बसेका छन् । पहिलो प्रयास असफल भएपछि देउवा पुनः सरकार ढाल्नका लागि तानाबुना बुन्दै छन् ।

सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने बेलासम्म थमौती गरेपछि देउवा थप तनावमा परेका छन् । त्यसो त पार्टी सञ्चालनदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि दिनप्रतिदिन चुलिएको छ ।

पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन्।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरमा चल्दा उनको भनाइ विवादित बनेको बताउँछन् । गुरुङ पौडेल निकट नेता हुन् ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्