Logo
११ बैशाख २०८१, मंगलबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवार घेराउ आन्दोलनमा भित्र भित्रै ठुला पार्टीको मलजल


काठमाण्डौ । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासहित २९ दलको संघीय गठबन्धनले हिजोबाट सुरु गरेको राजधानी केन्द्रीत आन्दोलनलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले समेत मलजल गरिरहेको खबर प्राप्त भएको छ ।
ओली सरकारको रिस साध्नको लागि भित्र भित्रै ठुला पार्टी कांग्रेस र सत्तारुढ दल मधेसी जनअधिकार फोरम नेपाल , नयाँ शक्ती , राजाबादी र हिन्दुबादीहरुले समेत सिंहदरवार घेराउ गर्ने आन्दोलनमा सघाएको समाचार स्रोतले बताएको छ ।
आजको सिंहदरवार घेराउ कार्यक्रममा कांग्रेस र फोरम लोकतान्त्रिक, नयाँ शक्ती , राजाबादी र हिन्दुबादीहरुका कार्यकर्ताहरुले समेत सहभागिता जनाएपछि त्यस्तो रहस्य खुलेको हो ।
यो आन्दोलनमा कांग्रेस देखि हामी पनि छौ एक राजाबादीले न्यूज अभियानलाई भने । मधेसबाट प्रतिनिधित्व गर्ने नेता तथा कार्यकर्ताहरुको समेत आज उल्लेख्य सहभागिता देखिएको छ । भने फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताहरु पनि देखिएका छन् ।
लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका स्वकीय सचिव कन्हैया आफै आन्दोलनमा सहभागि रहेका छन्  ।
सत्तारुढ गठबन्धनलाई टुटाएर नयाँ गठबन्धन बनाउन एमाओवादीलाई हतियार बनाउने आफ्नो रणनीति असफल भएपछि सरकारलाई कुनै न कुनै रुपमा घुडा टेकाउन प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक रुपमा आन्दोलनमा सहभागि हुन खटाएको बताईएको एक नेताले बताए ।
तर कांग्रेसले आन्दोलनमा सहभागिताको विषयमा भने कुनै औपचारिक निर्णय गरेको छैन् । यता आजको आन्दोलनमा एमाओवादीबाट अलग भएको नयाँ शक्ति अभियान गठन गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका कार्यकर्ताहरुको पनि सहभागिता देखिएको छ । भट्टराईले हिजो एक बक्तब्य निकालेर आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्