Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४० हजार विद्यार्थीले सिरहामा पुस्तक पाएनन, पढाइको त कुरै छोडौं

सिरहा  । नयाँ शैक्षिक सत्र सुरु भए पनि सिरहामा भने चालिस हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् । भनेपछि उक्त जिल्लाको शिक्षाको स्थिती के होला भनी सहजै अनुमान गर्न सकिन्छ ।  जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् ।
सिरहा मा सामुदायिक चार सय ६ संस्थागत ९निजी० दुई सय धार्मिक चालिस गरी छ सय ४६ विद्यालय छन् ।शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६०० विद्यार्थी छन् । 
निजी विद्यालयले पु्स्तकको चाँजोपाँचो मिलाइसकेका छन् । सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाका सुचना अधिकृत डिलिराज अधिकारिका अनुसार जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताए ।
उनका अनुसार सिरहामा एकलाख सेट पुस्तकको माग भए पनि २१ हजार ५०० मात्रै प्राप्त भएको छ । सुचना अधिकृत डिलिराज अधिकारिका अनुसार सिरहाका करिब एकसय १६ अ‍ोटा विद्यालयले विद्यार्थी सख्यापनि नपठएको जनाएको छ । पत्रकार सुरेन्द्र कामतीको साहयोगमा 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्