Logo
८ बैशाख २०८१, शनिबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटक भित्राउन एनआएनको ‘अतिथि देवो भवः’ अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भवः’ अभियान सुरु गरेको छ । एनआरएनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर यो अभियान सुरु गरेको हो ।
अतिथि देवो भवः अभियान विश्वव्यापी बनाउन एनआरएन र बोर्डबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार एनआरएनका उपाध्यक्ष भवन भट्ट र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरे । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम आचाय साक्षी बसेका छन् ।
अतिथि देवो भवः यस्तो अभियान हो, जसको मूख्य उद्देश्य नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउनु रहेको छ । यस अभियानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने छ । 
नेपाली समाजमा अतिथिलाई उच्च प्राथमिकतामा राखिने गरिएको छ । त्यति अतिथि देवो भवः लाई अबको समयमा नेपाली समाजमा पुनःस्थापित गर्नुपर्ने अवश्यकता देखिएको एनआएरको पर्यटन प्रवर्द्धन समितिका अध्यक्षसमेत रहेका भट्टले बताए ।
नेपालमा पर्यटन सम्बन्धी अद्धितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि पर्यटक आगमनलाई सन्तोषजनक अनुपात बढाउन सकिएको छैन । विश्वका ७५ मुलुकमा रहेको एनआरएनको नेटवर्कबाट नेपाल प्रवर्द्धन गरेमा पर्यटक आगमन बढाउन सकिने विश्वास पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले व्यक्त गरे ।
अतिथि देवो भवः अभियानमार्फत नेपालभित्र राष्ट्रिय स्तरमा अतिथि सत्कारको क्षेत्रमा जागरुकता ल्याइने छ । नेपालीको आतिथ्य सत्कारलाई क्याम्पियनका रुपमा अगाडि बढाउन विभिन्न कार्यक्रमहरु गरिने अभियानकर्ता सनक न्यौपानेले जानकारी गराए ।
यस अभियानले नेपालका पर्यटकीय क्षेत्रको पहिचान गरेर प्रचार(प्रसार गरी आन्तरिक तथा बाहृय पर्यटकीय गतिविधि बढाउने छ । खासगरी विदेशमा बस्ने एउटा नेपालीले तीनजना विदेशी नेपाल भित्राउने अभियानको लक्ष्य छ । नेपालका पर्यटकीय गन्तव्य र आतिथ्य सत्कारको ७५ मुलुकमा रहेका एनआरएनको नेटवर्कमार्फत त्यहाँको सरकारी निकाय र निजी क्षेत्रसँग सहयोग लिएर प्रवर्द्धन गरिने बताइएको छ । 

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्