Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषेश योजना सहित पुर्वराजा, तीन हप्ताका लागि पुर्व तिर

काठमाडौं । केहि हप्ता अगाडि बिना गार्ड एकाएक भारत भ्रमण गरेर फर्किएका पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता निकै बढेको छ ।  हिन्दू सम्राटका रुपमा गरिएको निमनत्रणा स्वीकार गरेर भारत नगए पनि  पुर्वराजा ज्ञानेन्द्र झापा भने जाने हुनुभएको छ । 
उहाँ त्यता तिर तीन हप्ता रहनुहुने छ । भारत मध्यप्रदेशको उज्जनमा भइरहेको महाकुम्भमा हिन्दू सम्राट भनी प्रमुख अतिथिका रुपमा  पुर्वराजालाई निम्ता आएको थियो । भारत तथा नेपालको हिन्दू धर्मसँग सम्बन्धित संघ संस्थाको तर्फबाट प्राप्त निमन्त्रणमा महाकुम्भमा प्रमुख आतिथ्य ग्रहण गरिदिन आग्रह गर्दै जगत गुरुहरुसँग भेटघाटबारे उल्लेख गरिएको थियो ।
आमन्त्रणकर्ताले उज्जनमा नेपाल नरेश आउने भनेर पर्चा पम्प्लेटसमेत बाँडेका थिए । तर  पुर्वराजा कुम्भमा नगई झापा जाने कार्यक्रम तय भएको बुझिएको छ । आगामी जेठ ७ गते शुक्रबार उहाँ झापाको दमक प्रस्थान गर्ने कार्यक्रम रहेको छ । दमकको चिया बगानमा करिब तीन हप्ता बस्दा उहाँले पूर्वाञ्चलका विभिन्न मठमन्दिरको दर्शन तथा जनस्तरीय कार्यक्रममा भाग लिने बताइएको छ । दमकमा राजपरिवारको पुस्तौनी निजी चिया बगान छ ।
पूर्वराजा ज्ञानेन्द्रका काका हिमालय वीरविक्रम शाहदेवको नाममा रहेको हिमालयन चिया बगान राजपरिवारको पुस्तौनी सम्पत्ति हो । पूर्वराजा बेलाबेलामा चिया बगानमा गएर बस्ने गर्नुभएको छ । पूर्वराजाको साथमा पूर्व बडामहारानी रहनुहुने बुझिएको छ । यसअघि राजपरिविार गत हप्ता नुवाकोट जाँदा जनस्तरबाट भव्य स्वागत भएको थियो । 
बालबालिकादेखि युवा हुँदै वृद्धवृद्धासम्म पूर्व  पुर्वराजाको वरिपरि झुम्मिएका थिए । कतिले राजासँग राजनीतिक बेथितिको कुरा गरेका थिए भने कतिले सामान्य हालचाल बताएका थिए । नुवाकोटमा लागेको विशाल जनभीड बढेको थियो । नुवाकोटमा रहेको भैरवी मन्दिरको दर्शन गर्ने क्रममा पूर्व राजपरिवार नुवाकोट पुगेको थियो । 
बजार र सडक छेउछाउका मानिसले हात जोडेर फूलगुच्छासहित उहाँहरुको स्वागत गरेका थिए । बट्टार र सदरमुकामवरिपरिका मानिसले देखभेट गर्न पाए पनि गाउँका मानिसले आफूहरुले राजपरिवार आउने कुराको जानकारी नपाएको भन्दै चित्त दुखाएको बताइन्छ । राजपरिवार फर्किएपछि स्थानीयको प्रतिक्रिया यस्तो छ , राजनीतिकर्मीहरु आउँदा भाषण मात्रै गरेर जान्छन्, फुर्ती पनि धेरै हुन्छ । उहाँहरु साधारण रुपमा आउनुभो, अभिभावकझैँ के छ, कसो छ सोध्नुभो ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्