Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किमसँग भेट्ने अमेरिकी राष्ट्रतिका उम्मेद्वारको योजना


वासिङटन । रिपब्लिकका तर्फबाट अमेरिकी राष्ट्रतिको उम्मेद्वार रहेका डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर आणविक कार्यक्रमका विषयमा कुराकानी गर्ने बताएका छन् । ‘म उनीसँग कुरा गर्नेछु । 
उनीसँग कुरा गर्न मलाई कुनै समस्या छैन्’– व्यवसायी ट्रम्पले भनेका छन् । ट्रम्प र जोङबीचको भेटवार्ताले अमेरिकी परम्परागत राजनीतिमै परिवर्तन ल्याउन सक्ने बताइएको छ । यता डेमोक्रयाटकका तर्फबाट राष्ट्रपतिय चुनावको अग्रपंक्तीमा रहेकी हिलारी क्लिन्टनले ट्रम्पको अभिव्यक्तीले विदेश नीतिसँग कुनै सम्बन्ध नराख्ने र यो आधारहिन रहेको बताएकी छिन् । 
उनले विदेशका शक्तीशाली मान्छेसँग यसरी कुराकानी गर्छु भन्नु आश्चर्यको विषय रहेको बताइन् । फक्स न्यूजसँगको फरक–फरक अन्तरवार्ताका क्रममा ट्रम्पले पछिल्ला ९ महिना सोचेजस्तो चुनावी प्रचार गर्न नसक्दा आफूलाई पश्चाताप लागेको बताएका छन् । उनले नोभेम्बरमा हुने राष्ट्रपतिय चुनाव अगाडी बेलायतको समेत भ्रमण गर्ने योजना बनाएका छन् । 
आगामी जुलाईमा औपचारिक रुपमा रिपब्लिकनको उमेद्वार बनेपछि उनले बेलायत भ्रमण गर्ने कुटनीतिज्ञहरु बताउँछन् । यसअघि उनले अघिल्लो सातामात्रै बेलायतसँग अमेरिकाले राम्रो सम्बन्ध राख्न नसक्ने छाँट देखिएको बताएका थिए । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र लण्डनका मेयर सादिक खानले ट्रम्पको अमेरिकामा मुसलमानलाई प्रवेश निषेश गर्ने योजनाको कडा विरोध गरेका थिए ।
ट्रम्पले अन्तरवार्ताका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा गरेको सैन्य कारबाही सही नभएको समेत भनेका थिए । यसअघि ट्रम्पले रुसी राष्ट्रपति आफ्ना सम्मानित व्यक्तित्वमध्ये एक रहेको बताएका थिए । उनले उत्तर कोरियाको प्रमुख सहयोगी चीनले वार्ताका लागि दबाब बढाउने बताए । 
‘म चीनमाथि दबाब बढाउन चाहन्छु किनकी आर्थिक रुपमा चीनभन्दा हामी धेरै शक्तीशाली छौ । मानिसहरु यो कुरालाई मनन गर्दैनन् ।’ उनले थपे–‘चीनले एक कल फोन गर्दा वा एकपटक भन्दा यो समस्या समाधान हुन्छ ।’
ट्रम्पको प्रतिक्रियापछि दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले चीनका विदेश मन्त्रालयका प्रवक्ता होङ लिईलाई उद्धृत गर्दै लेखेको छ –‘उत्तर कोरिया र अमेरिकाबीचको वार्ताका लागि सहयोग गर्न चीन तयार छ ।’ एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्