Logo
१२ बैशाख २०८१, बुधबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तराष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा सुरु

काठमाडौं । अन्तराष्ट्रिय बौद्ध गोष्ठी आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘नेपालमा भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी’ हो भन्ने विषयमा सन्देश विश्वभर फैलाउनका लागि सरकारले सम्मेलनको आयोजना गरेको हो ।
काठमाडौंमा हुने गोष्ठीको उद्घाटन मुल आयोजक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भिक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् ।
काठमाडौंमा हुने दुई दिने गोष्ठी सकिएपछि शनिबार लुम्बिनीमा २५६० औं बुद्ध जयन्ती मनाइनेछ । कार्यक्रममा भाग लिन भारत, चीन, कोरिया, जापान, बंगलादेश, श्रीलंका, अमेरिका, बेलायत, दोहा, बर्मा, मंगोलिया, भुटान, अष्ट्रेलिया, थाइल्याण्डबाट प्रतिनिधिहरु आएका छन् । आयोजकका अनुसार गोष्ठीमा भाग लिन श्रीलंका र थाइल्याण्डबाट पर्यटन मन्त्री आइपुगेका छन् ।
बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । गोष्ठीबाट निस्किएको निश्कर्षलाई शनिबार लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा घोषणापत्र मार्फत जारी गरिने छ ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्