Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेकपा माओवादी केन्द्र’ मा नेता जति केन्द्रिय सदस्य

काठमाडौं ।  पटक पटक टुक्रामा विभाजित भएको माओवादीहरुको एकता घोषणा आज हुँदैछ ।  एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा अहिले संयुक्त अधिवेशन चलिरहेको छ । एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिने छ । सो पार्टीमा सबै जसो नेता जति केन्द्रिय सदस्य
दिउँसो ३ बजे पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा ९माओवादी० र जयपुरी घर्ती संलग्न छन् ।
नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्षमै रहनेछन् भने रामबहादुर थापा बादल महासचिव हुने र कृष्णबहादुर महरा उपमहासचिव हुनेछन् ।
बहुपदीय प्रणालीमा जानै निष्कर्ष निकालेका माओवादी पार्टीहरुले एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी गरेका छन् । त्यसका लागि झण्डै ६ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाइँदैछ । ५ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्