Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको फोटो राखेर भारतिय कांग्रेसले भन्यो – ‘२ साल, बुरा हाल’


काठमाडौँ । बिहिबार भारतको ५ ओटा राज्यमा चरम हारको महसुस गरेका भारतिय कांग्रेसले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी प्रति रिस झाडेका छन । 
उस्ले नेपाललाई समेत जोडेर समाजिक संजाल टवीटरबाट उक्त रिस झाडेका हुन । भारतको प्रमुख प्रतिपक्षी दल समेत बन्न असक्षम रहेका भारतीय राष्ट्रिय कांग्रेसले बुधबार नेपाललाई जोडेर आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एउटा ट्विट गरेका हुन । 
सत्तारुढ दल भारतीय जनता पार्टीका नरेन्द्र मोदीको शासनको दुई वर्षलाई आलोचना गर्ने क्रममा ‘२ साल, बुरा हाल’ नारा दिएको कांग्रेसले ट्विटमा एउटा फोटो राखेको छ जसमा प्रधानमन्त्री केपी ओली देखिन्छन् । 
साथमा नेपालले राष्ट्रपतिको भारत भ्रमण रद्द गरेको र आफ्नो राजदूत फिर्ता बोलाएको उल्लेख छ। मुनिपट्टी लेट्स किप आवर फ्रेन्डस् लेखिएको छ। 
ट्विटमा भने उसले लेखेको छ- ‘हाम्रो सबैभन्दा पुरानो र विश्वसनीय मित्र नेपालसँग हाम्रो सम्बन्ध पनि खराब भयो र उसको चीनसँगको निकटता बढिरहेको छ।’

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्