आन्दोलनमा सरिक हुनेलाई ५० हजार जरिवाना र देश निकाला हुने
काठमाडौं । पछिल्लो चोटी नेपाल भ्रमणमा रहेका विदेशीहरु समेत आन्दोलनमा सरीक हुन थालेका समाचार बाहिर आउन थाले पछि अध्यागमन बिभागले सूचना सार्वजानिक गरेको छ। ‘नेपाल भ्रमणमा आउने टुरिष्ट, विद्यार्थी, पत्रकार तथा अन्य कुनै पनि भिसा बोकेर नेपाल प्रवेश गरेका विदेशी नागरिकले नेपालमा हुने आन्दोलनमा सरिक भएको देखिएमा ५० हजारसम्म जरिवाना गरिने छ ।’

यसअघि यो प्रावधान लागूऔषधलगायत गम्भीर प्रकृतिको अपराधमा संलग्न विदेशी नागरिकमाथि लागू हुने गरेको थियो । विभागले जुन प्रयोजनको भिसा लिएर नेपाल आएको हो, त्यो उल्लंघन गरे जघन्य अपराधमा संलग्नता बराबरको दण्ड कार्यान्वयनमा ल्याएको हो ।
यसबीचमा राजनीतिक गतिविधिमा संलग्न भएको आरोपमा २ विदेशी नागरिक कारबाहीमा परिसकेका छन्। सूचना प्रविधिसम्बन्धी एक कम्पनीमा काम गर्ने भिसा लिएर नेपाल बसेका क्यानेडियन नागरिक रोबर्ट पेनरलाई हालै मात्र सरकारले देश निकाला गरेको थियो।