Logo
१५ चैत्र २०८०, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन भेटे ठाकुरले एक्लै ओलीलाई !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसगँ मध्यप्रदेशको उजैनमा आयोजित सिंहस्थ कुभ्भमेलामा गएको बेला हात मिलाएर आएका तमलोापाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुटुक्क भेटवार्ता गरेका छन् ।
मधे्सी गठबन्धका नेताहरुले अहिलेकै अवस्थामा वार्ता नगर्ने बताइरहेका बेला अध्यक्ष ठाकुरले हिजो प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्रीको सरकारी निवासमा सुटुक्क वार्ता गरेको बुझिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर फर्किएको बताएका ठाकुरले एकाएक प्रधानमन्त्री ओलीलाई भटे पछि मधेसीदलका नेताहरु समेत उनीसगँ रिसाएका छन् । उनले मधेसीदलहरुको अडानका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरेको बताइएको छ ।
उनले वार्ता समितिको टिओआर बनाएर तत्काल वार्ता थाल्न माग गरेका थिए । मधेसी दल र त्यहाँका नागरिक लामो समय प्रतिक्षा गर्ने अवस्थामा नरहेकाले तत्काल समाधनको पहल थाल्ने उनले आग्रह गरे । ‘अधिकारका लागि संघर्षमा उत्रेका मधेसीको माग सम्बोधन गर्नुको बलप्रयोग घोषणा गरेर समाधान नखोज्नुहोस् ।’– प्रधानमन्त्रीलाई ठाकुरले भने तमलोपाका एक नेताले न्यूज अभियानलाई बताए।
प्रधानमन्त्रीले तत्काल शीर्ष तहको छलफल गरेर वार्ताको वाताबरण बनाउने आश्वासन दिएका छन् । हिजो नै अध्यक्ष ठाकुरले भारतीय राजदुत  रन्जित रेसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटपछि उनले भारतीय राजदुतलाई भेटका थिए ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्